
सल्यानमा एकजनाको र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ
सुर्खेत । सल्यानमा कोरोना भाइरस र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । शारदा नगरपालिका–१ चैबाङ जिउलाका ३२ वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । उनलाई अहिले जिल्ला अस्पताल सल्यानको आइसोलेसनमा राखिएको छ । ती युवकको मंगलबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका