शुक्रबार, असोज १८, २०८१

१३ घण्टाको अप्रेशन, १६० प्रहरी परिचालन

  
कर्णाली टाइम्स आइतवार, पुस ६, २०७६

दैलेखको ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही शनिबार मध्यरात घरबाटै अपहरणमा परे । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले उनलाई उपहरण गरेको थियो । उनी अपहरणमा परेपछि उनी श्रीमती इला पनि सँगै गएकी थिइन् । तर अपहरणकारी समूहले इलालाई करिब २ घण्टापछि फर्काएका थिए ।
अध्यक्ष शाहीको अपहरणको खबरले आइतबार दिनभर देशभर हलचल मच्चियो । सुरक्षा निकाय निकै दवावमा प्रयो । जिल्लादेखि प्रदेश प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी संयुक्त रुपमा परिचालन भए । सुरक्षा निकाय बिहान ५ बजे नै परिचालन भएको थियो । अन्तत परिचालन भएको १३ घण्टापछि प्रहरीले सफलता पायो । कालिकोटको शुभकालिका गाउँपालिकाको छाती जंगलमा हिँडाइरहेको अवस्थामा प्रहरीले अध्यक्ष शाहीलाई अपहरणमुक्त गर्यो ।
कर्णाली प्रदेश प्रहरीका प्रमुख डीआइजी पूर्णचन्द्र जोशीका अनुसार शाहीलाई अपहरणमुक्त गने क्रममा चन्द नेतृत्वको नेकपाकाका कार्यकर्ताले भीरबाट ढुंगामुढा गरेका थिए । पछि उनीहरुलाई भगाएर अध्यक्ष शाहीको उद्दार गरिएको डीआइजी जोशीले बताए । अपहरणमुक्तपछि अपहरणकारीको खोजीसमेत भइरहेको उनको भनाइ छ । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरीले अध्यक्ष शाहीलाई अपहरणमुक्त गरेको हो ।