शुक्रबार, जेष्ठ ४, २०८१

बस्नेत यूनियन परिषदका कर्णाली संयोजक

  
कर्णाली टाइम्स शनिबार, पुस ५, २०७६

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी नेता रोशन बस्नेत स्वतन्त्र विद्यार्थी यूनियन परिषद नेपालको कर्णाली प्रदेश संयोजक मनोनित भएका छन् । परिषदले पुस १ गतेको पत्रबाट बस्नेतलाई उक्त जिम्मेवारी दिएको हो ।
परिषद नेपाल विद्यार्थी संघबाट स्ववियूमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको साझा संगठन हो । बस्नेत मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्ववियू सदस्य हुन् । परिषदका सभापति निराजन नेपालद्वारा हस्ताक्षरित जिम्मेवारी पत्रमा १ नम्बर प्रदेशमा उद्योग राई, २ नम्बर प्रदेशमा गोपाल गुरागार्इँ, ३ नम्बर प्रदेशमा हेमचन्द जोशी, गण्डकी प्रदेशमा आशिक गुरुङ, ५ नम्बर प्रदेशमा चित्रकला पुन र सुदूरपश्चिम प्रदेशमा जगत ऐरलाई संयोजकको जिम्मेवारी दिइएको छ । नेपाल विद्यार्थी संघको संशोधित विधान–२०७५ अन्तर्गत स्वतन्त्र विद्यार्थी यूनियन परिषद नेपालको विधान २०५२ को प्रथम संशोधन २०७६ बमोजिम बस्नेतलाई कर्णाली प्रदेशको संयोजवक तोकिएको पत्रमा उल्लेख छ ।