शुक्रबार, जेष्ठ ४, २०८१

पाठकलाई ‘न्याय’

  
कर्णाली टाइम्स शनिबार, पुस १९, २०७६

नेपाली कांग्रेस सुर्खेतको इतिहासमा डिल्लीराम पाठक एक यस्तो नाम हो, जसले इमान्दारिता र स्वाभिमानको प्रतिनिधित्व गर्छ । उनै पाठकलाई नेपाली कांग्रेसले राष्ट्रियससभाको रिक्त सदस्य पदमा उम्मेदवार बनाएर न्याय दिएको छ । पाठकलाई कर्णाली प्रदेशबाट रिक्त भएको सदस्य पदमा कांग्रेसले टिकट दिएको छ । उनको प्रतिस्पर्धा नेकपा उम्मेदवार मायाप्रसाद शर्मासँग हुनेछ । माघ ९ गते हुने निर्वाचनको लागि भोलि पुस २० गते उम्मेदवारीको कार्यक्रम रहेको छ । चिर्वाचनमा प्रदेशका ७९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् ।

५५ वर्षीय पाठकले २०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । तीनपटक नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र १५ वर्षसम्म जिल्ला कार्य समिति सहसचिव भए पनि उनले लाभको पद भने कहिल्यै पाएनन् । पाठकलाई पार्टीभित्र इमान्दार र पदको लागि कहिल्यै बार्गेनिङ नगर्ने नेताको रुपमा चिन्ने गरिन्छ ।