मंगलबार, मंसिर २५, २०८१

एटिएमबाट करेन्ट !

  
कर्णाली टाइम्स बिहीबार, माघ २, २०७६
वीरेन्द्रचोकमा रहेको ग्लोबल आइएमई बैंकको एटिएम मेसिन

सुर्खेत । तपाइँ एटिएमबाट नगद झिक्दै हुनुहुन्छ ? होसियार है ! सुर्खेतको वीरेन्द्रचोकस्थित ग्लोबल आइएमई बैंकको एटिएमबाट करेन्ट लिक हुने गरेको छ । वीरेन्द्रनगमा बैंकका दुईवटा शाखा रहेका छन् । त्योमध्ये वीरेन्द्रचोकमा रहेको शाखाको एटिएमबाट करेन्ट लिक हुने गरेको छ ।

पहिले जनता बैंकको नाममा रहेको यो एटिएम हालसालै दुई बैंक मर्ज भएपछि ग्लोबल आइएमईमा गएको हो । बिहीबार दिउँसो पैसा झिक्न गएका एक ग्राहकले एटिएमको स्क्रिन र केही अंकमा छुँदा करेन्ट लाग्ने गरेको बताए । ती ग्राहकले भने, ‘यसबारे बैंकका मान्छेलाई त थाहा हुनुपर्ने हो, तर थाहा भए पनि थाहा नपाए भैmं गरेर बेवास्ता गरिएको छ ।’