मंगलबार, जेष्ठ ८, २०८१

नगरपालिका निरीह कि रमिते ? (भिडियो सहित)

  
कर्णाली टाइम्स शुक्रबार, पुस २५, २०७६

दृश्य टाढाको होइन, आँखै अगाडिको हो । वीरेन्द्रनगर नगरपालिका आउजाउ गर्ने घण्टाघरको चाटचोकदेखि पूर्वतिरको सडकको दुरवस्थाको ।

दैनिकजसो वीरेन्द्रनगर नगरपालिकाका मेयर, उपमेयरदेखि नगरका अन्य जनप्रतिनिधि ओहोरदोहर गर्छन् । नाला निर्माण थालिएको एक महिना पुगे पनि काम अस्तव्यस्त छ । पानी परेपछि त झन् त्यो बाटोे हिँड्न सकिने अवस्था छैन ।

कर्णाली टाइम्सले आज (पुस २५ गते) दिउँसो करिब १० मिनेटमात्र निगरानी गर्दा ५ वटा स्कुटी र मोटरसाइकल चिप्लिएका देखिए । मोटरसाइकल र स्कुटी चिप्लिँदा चालकको कपडा हिलोले छ्याप्पै भए । तर, बिचरा सबै लाजले रातोपिरो भएर गन्तव्यतर्पm लागे ।

कार्यालयको ठिक अगाडिको दृश्यबाट नगरपालिका अनविज्ञ कहाँ होला र ? तैपनि निरीह छ । ठेकेदार कम्पनीलाई छरितो रुपमा सडक निर्माण सम्पन्न गराउन र सडकलाई हिलाम्मे अवस्थामुक्त गराउन कुनै निर्देशन भएको देखिएन । आमजनतालाई ठेकेदार को हो ? किन ढिलो भयो ? इत्यादि कुरासँग कुनै सरोकार छैन । छ त केवल नगरपालिकाका जनप्रतिनिधि किन रमिते बनिरहेका छन् ? भन्नेमात्रै छ ।

हेर्नुहोस् भिडियो