बुधबार, जेष्ठ ९, २०८१

ट्रिपरले उडायो भारतीय सैनिक बन्ने सपना

  
जगतदल जनाला विक मंगलबार, माघ १४, २०७६

सुर्खेत । कालिकोट महावै गाउँपालिका–३, सिमखेतका २० वर्षीय केशव सिंह ठकुरीको सपना थियो– भारतीय सेनामा भर्ती हुने । गाउँको सामान्य घरपरिवारमा हुर्केका ठकुरी गत वर्ष माघमा थुप्रै यही सपना बोकेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आए ।
कक्षा १२ सम्मको अध्ययन पुरा गरि कालिकोटबाट वीरेन्द्रनगरमा आएका उनले सेनाको तयारी कक्षा र कोरियन तयारी कक्षा पनि पढेका थिए । निकै मेहनी र लगनशिल भएकै कारण केशवले भारतीइ सेना र कोरियन दुबैमा नाम निकाल्न सफल भए । केहि दिनपछि भारतीय सेनाको मौखिक परीक्षामा सहभागी हुने उनको सपना एकाएक दैवले चुँडेर लग्यो । मंगलबार बिहान जुम्लारोडमा ट्रिपरले च्यापेरको उनको मृत्यु भयो । उनलाई गाउँमा कक्षा ९ सम्म पाढाएका शिक्षक देला सिंहले भने, ‘सदैव विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको मृत्युले निकै मन दुखेको छ ।’

सिंहको मृत्युपछि आफन्तले सडकमा बालेको टायर

बिहान ८ बजे कोठाबाट बजार निस्केका उनलाई भे१ख २२४२ नम्बरको टिप्परले उनी सवार भे६प २१७८ नम्बरको मोटरसाईकललाई गौतमचौकमा २० मिटर परसम्म घिसारेर लग्यो । उनको घटठनास्थलमै मृत्यु भयो । घटनापछि वीरेन्द्रनगरको माहोल एकाएक तनावग्रस्त बन्यो । सिंहका आफन्तले वीरेन्द्रनगर बजारमा टायर बालेर प्रदर्शन गरी सवारी साधन र पसलहरु बन्द गराए । प्रहरीले आन्दोलन रोक्नका लागि हवाइ फायर पनि ग¥यो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवंम् प्रवक्ता रवि रावलका अनुसार दुबै पक्षको सहमति गराई लास पोष्टमार्टमका लागि अस्पतालमा लिने तयारी भएको छ । प्रहरीले ट्रिपर चालक र ट्रिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । केशवका बुवा व्यापारका लागि इलाम गएका छन् । आमा र साना भाइहरु घरमै छन् ।

सुर्खेतमा प्रहरीको गोली चल्दा ८ जना घाइते