शुक्रबार, बैशाख २१, २०८१

राजनीति गर्न श्रीमानसँगै संघर्ष (भिडियो कथा)

  
जगतदल जनाला विक बुधबार, माघ २९, २०७६
तुलीसरा राना (कार्यपालिका सदस्य, लेकवेसी नगरपालिका, सुर्खेत)

सुर्खेत । तुलीसरा राना लेकवेसी नगरपालिकाकी कार्यपालिका सदस्य र वडा नम्बर ६ की वडा सदस्य हुन् । स्थानीय तहको चुनावअघि उनी ५ वर्षसम्म महिला स्वास्थ्य स्वयंमसेविकाको रुपमा कार्यरत थिइन् । स्वयंसेविकाको रुपमा सक्रिय भएर लागेकै कारण चुनावमा तत्कालीन नेकपा एमाले उनलाई महिला वडा सदस्यका लागि उम्मेदवार हुन प्रस्ताव ग¥यो । आफ्नो इच्छा हुँदाहुँदै घरको समस्याका कारण आपूmले समय मिलाउन नसक्ने बताइन् । अरु त अरु श्रीमानले समेत ‘राजनीति नगर्न’ दवाव दिए । ‘मलाई घरबाट सहयोग नहुँदासमेत चुनाव लड्ने इच्छा त्यागिन,’ उनले भनिन्, ‘आखिर मेरोसामु श्रीमानले पनि हार स्वीकार्नुभयो, मैले चुनाव लडेर जितेँ ।’

श्रीमानलाई मनाउनको लागि उनले धेरै मिहिनेत गर्नुप¥यो । विपक्षीलाई चुनावमा हराउँदा आवश्यक पर्ने ताकत श्रीमानलाई ‘कन्भिन्स’ गर्न लाग्यो । ‘म चुनाव लड्ने भनेकै समाजसेवा गर्नको लागि हो, हजुरले घरबाट निकाले पनि म त चुनाव लडेर छाड्छुँसम्म भनेँ,’ उनले भनिन्, ‘आखिर उहाँले मेरो अडानलाई साथ दिनुभयो ।’

चुनावको केही दिनमात्र बाँकी थियो, तुलीसराले अरु उम्मेदवारजस्तै घुम्न भने पाइनन् । तैपनि उनले गरेको समाजसेवाको कारण चुनाव जितिन् । ‘मैले चुनाव जितेपछि सबै खुसी भए, श्रीमानसहित घरपरिवारको अनुहारमा भने खुसी छाएन,’ उनी भन्छिन्, ‘यसको एउटै कारण महिलाले राजनीति गर्नुहँुदैन भन्ने नै हुनुपर्छ ।’

अहिले समय फेरिएको छ । हिजो बेखुस श्रीमान तुलीसराको कामबाट खुसी भएका छन् । नगरपालिकाले कार्यपालिका सदस्य नियुक्त गरेपछि जिम्मेवारी पनि बढेको छ । ‘आजकल त श्रीमानले तिमी समाजको काम गर, म घरको काम गरिहाल्छु भन्नुहुन्छ,’ उनले भनिन्, ‘ढिलै भए श्रीमान्को साथ पाउँदा काम गर्ने हौसला मिलेको छ ।’

कार्यपालिका सदस्य भएपछि उनी नियमितजसो नगरपालिका कार्यालय जान्छिन् । शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, समानताका कुरामा उनको बढ्ता चासो हुने गर्छ । आपूmजस्तै राजनीतिक तथा सामाजिक क्षेत्रमा संघर्ष गरिरहेका महिलालाई उनी ढाडस दिने गर्छिन् । ‘महिलालाई राजनीति गर्न कति कठिन छ, त्यो महिले भोगेकी छु,’ भन्छिन्, ‘त्यो चुनौतीलाई कसरी चिर्ने भन्ने पनि बुझेकी छु ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्