बुधबार, फागुन ९, २०८०

राष्ट्रिय दलित पत्रकार संघको सुदुरपश्चिम अध्यक्षमा रमा भट्टराई

  
कर्णाली टाइम्स आइतवार, फागुन ४, २०७६


सुर्खेत, ४ फागुन । राष्ट्रिय दलित पत्रकार सङ्घ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा रमा भट्टराई ९जैरू० चयन भएकी छन् । सङ्घको आइतबार धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनले जैरूको अध्यक्षतामा १२ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गणेश रोका, सचिवमा शेरबहादुर सार्की, सहसचिव रमेश वादी गन्दर्भ र कोषाध्यक्षमा सुनिता विक चयन भएका हुन् ।
सङ्घको सदस्यमा लालबहादुर चंदारा, सुरेश तोलाङ्गी , विक्रम भुल, सुवास नेपाली, आकान्छा पाल्पाली ,विवेक नागरिक र सोधा नेपाली चयन भएका छन् । सम्मेलनले ३ जनालाई कार्यसमितिको पहिलो वैठकबाट सदस्यमा मनोनीत गर्ने भएको छ ।हेमकर्ण विक, हरिष विक, शर्मिला बागचन्द र गणेश नेपाली चार जनाको सल्लाहकार समिति पनि बनाएको हो ।
सङ्घको सम्मेलन दुई दिन सम्म धनगढीमा चलेको थियो ।