जगतदल जनाला विक
सुर्खेत, ४ फागुन ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्ता भएको आरोपमा गत माघ १३ गते किरण प्रसाद बिसीलाई प्रहरीले पक्राउ ग¥यो । आइतवार जिल्ला न्यायाधीस प्रल्हाद कुमार योगीको एकल इजलाशले बिसीलाई २५ हजार धरौटीमा रिहा गरेको थियो । तर अदालतले छोडे लगतै पुनः प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएपनि प्रहरीले भने उनलाई पुनः पक्राउ गरेको छ ।
जिल्ला अदालतमा राज्यविरुद्ध कसुर गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिसीमाथि फागुन एक गते अभियोगपत्र दर्ता गरेको थियो ।
उक्त अभियोग पत्रमाथि सुनुवाई गर्दै जिल्ला अदालत सुर्खेतले फागुन २ गते बयान लिइ फागुन ३ गते शनिवार बिदा परेका कारण अदालतमा थप प्रक्रिया अघि बढेको थिएन ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य जाँचको बहानामा प्रदेश अस्पताल लैजाने नाममा नेपालगञ्जतर्फ लगेको छ ।
सम्मानित अदालतले निर्दोष सावित गरेको बताउँदै जिल्ला अदालतले दिएको आदेश अनुसार २५ हजार धरौटी तिरीसकेको बिसीका परिवारले बताएका छन् । यस विषयमा कर्णाली टाइम्सले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ‘एसपी’ दिल्लीराज पन्तसंग बुझ्दा प्रवत्तालाई बुझ्न पठाए । तर प्रवत्तालाई पटक–पटक फोन गर्दा फोन उठेन ।
कर्णाली टाइम्स
आइतवार, फागुन ४, २०७६