बुधबार, बैशाख १९, २०८१

प्रतिष्ठानले ग¥यो, मानव सेवा आश्रमलाई सहयोग

  
कर्णाली टाइम्स बिहीबार, फागुन २९, २०७६

सुर्खेत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सुर्खेतको वीरेन्द्रनगरस्थित मानव सेवा आश्रमलाई दैनिक उपभोग्य वस्तुहरु सहयोग गरेको छ ।
आफ्नो स्थापना दिवसको अवसरमा प्रतिष्ठानको सुर्खेत जिल्ला समिती र कर्णाली प्रदेश समितिले वस्तु सहयोग गरेका हुन् ।
आश्रममा पुगेर खाद्यन्न तथा सरसफाईसँग सम्वन्धित वस्तुहरु हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरणको क्रममा प्रतिष्ठानका पूर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष टीकाराम चपाईले सामुदायिक उत्तरदायित्व अन्तर्गत संस्थाको तर्फबाट सहयोग गरिएको बताए ।
यसैगरी प्रतिष्ठानको सुर्खेत जिल्ला अध्यक्ष खड्क चन्दले मानव सेवा जस्तो सामाजिक कार्यमा प्रतिष्ठानलाई जोड्न पाएकोमा आफूहरुले भाग्यशाली अनुभूती गरेको बताए ।
सहयोग ग्रहण गर्दै मानव सेवा आश्रमका संयोजक सिर्जना ओलीले सडकमा मागेर र विरामी परेर बेसहारा परेकाहरुलाई उद्दार गरी नयाँ जीवन दिने अभियानमा जोडिएको भन्दै प्रतिष्ठानलाई धन्यवाद दिइन् ।
आश्रममा अहिले कर्णाली प्रदेशका एकसय ७० जनाले आश्रय लिइरहेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरु, साधारण सदस्य, आजिवन सदस्य तथा जिल्ला र प्रदेश समितिका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता थियो ।