शुक्रबार, जेष्ठ ४, २०८१

पदको लोभभन्दा पार्टीलाई बलियो बनाउने मेरो लक्ष्य होे : यामलाल कँडेल (भिडिओसहित)

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र ७, २०७६
पत्रकार सम्मेलनमा बोल्दै नेता कँडेल

जगतदल जनाला विक
सुर्खेत । कर्णाली प्रदेशका सांसद एवम् नेकपाका कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कँडेलले पद केन्द्रीत भन्दा पनि नेकपा बनाउने आफ्नो रुचिको विषय भएको बताएका छन् । कर्णालीमा सरकार परिवर्तन र सरकार ढाल्न नेता कँडेल लागिरहेको आरोप लागि रहेका बेला नेता कँडेलले शुक्रवार वीरेन्द्रनगरमा पत्रकारहरुसंग यस्तो बताएका हुन् । ‘पार्टीको जिम्मेवारी र संगठनको हितका लागि लागि रहेको कार्यकर्ता हुँ,’ नेता कँडेलले भने, यदि पदकै लोभ भए त यो पदमा जान मलाई कुनै अप्ठारो छैन ।’
‘पद केन्द्रीत राजनीति गर्ने हो भने त संख्या र बनावटको अवस्थालाई केलाउँदा मात्र सम्भव हुन्छ,’ उनले भने, ‘यहाँ कसैले हल्ला गरेर सरकार परिवर्तन हुँदैन त्यो निर्णय पार्टीको हातमा हुन्छ ।’
उनले यो अवस्थामा संगठनको निर्माण र आफुहरुको नेतृत्वमा बनेको सरकारले गरेको कामको विषयमा केन्द्र स्तरबाट छलफल र वार्ता भईरहेको बताए । कुनै व्यक्ति विशेष र गुटका विषयमा या सरकार ढाल्ने उठाउने कुरा नउठेको कँडेलले दाबी गरे । अन्य पार्टीका लागि पर्याप्त विकल्प भएपनि नेकपाका लागि गर्नु बाहेकको कुनै विकल्प नभएकोले सरकारलाई काम गर्न तर्फ ध्यानार्कषण गर्नु आफ्नो दायित्व भएको बताए ।
नेकपाको विधि र विधान अनुसारको स्पिडमा पार्टीलाई अगाडी बढाउने अभियान आफ्नो रहेको कँडेलको भनाई छ । २०४९ सालदेखि राजनीतिक दौडानमा पार्टी र जनताका पक्षमा काम गरेको बताउँदै नेता कँडेलले जे देखियो त्यो सचेत बनाउनका लागि बोल्ने  कसैलाई गुट उपगुट र प्रतिनिधिकारुपमा नहेरेको बताए । ‘यो बेला काम गरेर देखाउने बेला हो तर २ वर्ष बितिसक्दा पनि प्रदेशमा के पायौं त हामीले यो विषयको समीक्षा मात्र गरिएको हो,’उनले भने, व्यक्तिगतरुपमा भ्रमको खेती गर्नेहरुले क्षणिक स्वार्थ पाउँछन् तर कर्णालीले केहि पाउँदैन ।’
२ वर्ष पछि मात्र पत्रकारहरु संग अन्तरक्रिया गर्दै उनले सरकार परिवर्तनको प्रस्ताव ल्याउनेहरु नै अहिले मुख्यमन्त्री शाहीको शरणमा परेको आरोप लगाए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।