कर्णाली टाइम्स
आइतवार, चैत्र ९, २०७६
सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले भोली (सोमवार)देखि अत्यावश्यक बाहेकका अन्य व्यवसायहरु बन्द गर्न अपिल गरेको छ । वीरेन्द्रनगरम आईतवार बसेको सुर्खेत उद्योग वाणिज्य संघ र सम्पुर्ण बस्तुगत समितिको आकस्मिक बैठकले अत्यावश्यक बाहेकका अन्य व्यवसाय बन्द गर्न अपिल गरेको हो ।
कोरोना भाईरस (कोभीड–१९) ले विश्वमा प्रभाव पारिरहेका बेला त्यसको प्रकोपका लागि उच्च सतर्कता अपनाउन सुर्खेतमा रहेको अत्यावश्यक बाहेकका व्यवसाय गर्न सबै व्यवसायीलाई अनुरोध गरिएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए । उनले अत्यावश्यक पसलहरुमा किराना, खाद्य, ग्याँस, पेट्रोल पम्प, तरकारी र औषधी पसलहरु मात्रै खुला हुने बताए ।