शनिबार, भदौ २९, २०८१

सहकारीले वडा कार्यालयलाई माक्स दियो

  
कर्णाली टाइम्स बिहीबार, चैत्र २०, २०७६


सुर्खेत । जुरीचुला बचत तथा ऋण सहकारी संस्था गुर्भाकोटले वडा कार्यालयलाई माक्स प्रदान गरेको छ । सहकारीले गुर्भाकोट –९ वडा कार्यालयलाई पाँच सय थान माक्स प्रदान गरेको हो ।
बिहबार सहकारीका अध्यक्ष युवराज गौतमले वडा अध्यक्ष शशि भट्टराईलाई पाँच सय थान माक्स प्रदान गरेका हुन् । कोरोना(कोभिड १९) को जोखिमबाट बच्नको लागि वडाका स्थानीयहरुलाई वितरण गर्ने उद्देश्यले माक्स प्रदान गरिएको सहकारीका अध्यक्ष गौतमले बताए । । ‘अहिलेको यो विपद्मा आफु पनि बाँचौ र अरुलाई पनि बचाउ भन्ने हेतुले माक्स वितरणमा लागेका हौ’ अध्यक्ष गौतमले भने, ‘गाउँ तथा टोलमा कोरोनाको संक्रमणबाट बच्नको लागि सचेतना पनि फैलाइरहेका छौ ।’
यता वडा अध्यक्ष भट्टराइले सहकारीले वडा कार्यालयलाई प्रदान गरिएको माक्स आजै वितरण गरिने बताए । यसअघि गुर्भाकोट नगरपालिका र वडा कार्यालयमा स्थानीय व्यापारि अमृत एग्रोभेटका शेरबहादुर बिकले पनि वडा कार्यालयमा माक्स प्रदान गरेका थिए । त्यसैगरी संक्रमण फैलन नदिनको लागि वडामा सचेतिकरण गर्नुको साथै अनुगमनलाई तिव्रता दिएको वडा अध्यक्ष भट्टराइले बताए । उनले वडामा विदेशबाट आएका नागरिकको निगरानीमा राखेको बताए । ‘यस वडामा बाहिरबाट १०÷१५ जना व्यक्तिहरु आएका छन् र उनीहरु सुरक्षित रुपमा होम क्वारेन्टाइनमा रहेका छन्’ उनले भने,, ‘उनीहरुको अवस्थाको बारेमा अनुगमन गरेर बुझ्नुको साथै उनीहरुलाई सचेतिकरण गरिरहेको छु ।’