शुक्रबार, जेष्ठ ४, २०८१

कर्णालीका सबै स्थानीय तहलाई प्रदेश सरकारले बजेट दिने

  
कर्णाली टाइम्स बुधबार, चैत्र २६, २०७६


सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका ७९ स्थानीय तहलाई रकम उपलब्ध गराउने भएको छ ।
मंगलबार बसेकोे मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापनार्थ स्थापित कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट कर्णालीका ७९ स्थानीय तहलाई १३ करोड २० लाख रकम दिने भएको छ ।
प्रदेश सरकारले दिने रकम स्थानीय तहले खडा गरेको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय प्रदेश सरकारले गर्ने भएको हो ।
कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीका अनुसार प्रदेश सरकारको विपद् कोषबाट वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख, अन्य २४ नगरपालिकालाई २०÷२० लाख र गाउँपालिकालाई १५÷१५ लाख उपलब्ध गराइने छ ।
यस्तै मन्त्रीपरिषदले देश बाहिर, भित्र अलपत्र परेका कर्णालीवासी नागरिकको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न लकडाउनलाई कडाइपूर्वक कार्यान्वयन गर्ने गराउने,
कोरोनाको सँक्रमणलाई रोक्न घुम्ती प्रयोगशाला परीक्षण सेवाको व्यवस्थापन गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने, प्रदेशभित्र कोरोना र मौसमी महामारी हुनसक्ने अवस्थालाई ख्याल गर्दै औषधि, उपकरण र विशेषज्ञसहितको टोली तयारी राख्न आवश्यक सहयोगका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेकोे मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु