मंगलबार, माघ ८, २०८१

स्वास्थ्य सामग्री नपुगेको गुनासो आएपछि आफै कर्णाली पुगे राज्यमन्त्री रावत

  
कर्णाली टाइम्स बुधबार, चैत्र २६, २०७६

सुर्खेत । कर्णालीका विभिन्न जिल्लाहरूमा आवश्यक स्वास्थ्य सामग्री नपुगेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत आफै स्वास्थ्य सामग्री लिएर विभिन्न स्थानमा पुगेका छन्।

काठमाडौंबाट सोमबार सडकमार्ग भएर गृह जिल्ला फर्कने क्रममा बाँके र नेपाल–भारत सीमा क्षेत्र दशगजा क्षेत्रको क्वारेन्टाइनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा स्वास्थ्यकर्मी र स्थानीय प्रशासनसँग छलफल समेत गरेका उनी मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकामा आएर जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्।

त्यसपछि राज्यमन्त्री रावतले वीरेन्द्रनगर(९ र ११ मा रहेको सहरी स्वास्थ्य क्लिनिकमा आफै पुगेर आफैले ल्याएको विभिन्न स्वास्थ्य सामग्री ९मास्क, पञ्जा, स्यानिटाइजर, पिपिई० हस्तान्तरण गरेका छन्। बुधबार मन्त्री रावतले आफ्नो निर्वाचन क्षेत्रको बराहताल, पञ्चपुरी र चौकुनेका जनप्रतिनिधिहरूसँंग छलफल र स्वास्थ्य सामग्री वितरण गरे।

यसका साथै कर्णाली प्रदेशका दैलेख, जाजरकोट, र सल्यानमा पनि स्वास्थ्य सामग्री पु¥याई अनुगमन गर्ने कार्यक्रम रहेको मन्त्री रावतले बताए। ‘विभिन्न जिल्लामा स्वास्थ्य सामग्री नपुगेको गुनासो आएको छ’ राज्यमन्त्री रावतले भने, ‘त्यसैले म आफै केही सामग्री ल्याएर आएको छु र विभिन्न जिल्लामा अनुगमन गर्ने पनि योजना छ।’

देशभरी नै जिम्मेवारी भएकाले आफ्नो निर्वाचन क्षेत्रमा आउन ढिला भएको बताउँदै मन्त्री रावतले यसपटक निर्वाचन क्षेत्रमा पनि सामग्री लिएर जाने बताए। यसअघि नेपाली सेनाको स्काइ ट्रकमार्फत कर्णाली प्रदेशका लागि स्वास्थ्य सामग्री सुर्खेतमा हस्तान्तरण गरेका उनले कर्णालीमा बढी समस्या भएकाले ध्यान विशेष ध्यान दिएको बताए।