शुक्रबार, असोज १८, २०८१

विपद्को बेला गाउँ बस्तीमैं पुगेर राहत वितरण गर्दै पूर्वराज्यमन्त्री बिष्ट

  
कर्णाली टाइम्स बिहीबार, चैत्र २७, २०७६

सुर्खेत । विश्वभर कोरोना भाइरसको महांमारी फैलिरहेका बेला पूर्व सुचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर बिष्ट राहत लिएर गाउँमा पुगेका छन । कोरोना रोकथामका लागि सरकारले लकडाउन जारी गरेपछि गाउँमा समस्यामा परेका परिवारलाई राहत वितरण गर्दै पुर्वराज्यमन्त्री बिष्ट गृह जिल्ला सुर्खेतका सबै गाउँमा आफैं गई जनतालाई राहात वितरण गरिरहेका छन् ।
बिष्टले सुर्खेतका भेरीगंगा नगरपालिका, लेकवेसी नगरपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका विभिन्न वडा र टोलमा गई स्वास्थ्य सुरक्षाका सामग्रीहरु  साबुन वितरण गरेका छन् ।
चुनाबका बेला मात्र त्यी बस्तीमा गएर चामल, पैसा र कुखुरा दिने होइन । यो दुखदकोे बेला निस्वार्थ सहयोग गर्नु आम नेताहरुको धर्म भएको बिष्ट बताउँछन् ।
‘सुर्खेतका बाढीपिडित र अन्य निम्न आयस्तर भएका नागरिकलाई व्यक्तिगत र सामुहिक रुपमा राहात वितरण गरेको छुं,’ बिष्टले भने, देशभित्र र भारतमा अलपत्र रहेका रहेका नागरिकलाई समेत उद्धार गरेको छु ।’
उनले यो समयमा राहातका नाममा प्रचार गर्ने नभई मानवताका रुपमा हेर्नुपर्ने बताएका छन् ।

बिष्टले फेसबुमा लेखेका छन् । यो लकडाउनका कारण नेपाल र भारतमा समस्यामा परेका सुर्खेत र देशका ७७ वटै जिल्लाका नागरिकलाई अप्ठारो परेको खण्डमा आफ्नो मोबाइनल नम्बरमा फोन गरेपछि सहयोग गर्न प्रतिवद्ध रहेको बताएका छन् ।