प्रेम बहादुर दर्जी
जति भन्दा र सुन्दा सजिलो जस्तो लाग्ने सामाजिक कार्य गर्न त्यतिनै अप्ठारो छ । यो समाज संग, समाजको दैनिकी संग प्रत्यक्ष रुपमा जोडिएको बिषय हो र यो बिषय त्यतिकै भेग पनि छ । आज संसारका जे जति समाज परिवर्तित देखिन्छन ती परिवर्तन हुनुको पछाडी सामाजिक कार्यकर्ताको पनि ठुलो भुमिका रहेको छ । आज भोलि सामाजिक अभियान्ताका बाटै आफ्नो सेवाग्राहीको सामाजिक हैसियतमा खलल पुग्ने गरी सामाजिक सञ्जालमा फोटो तथा भिडियोहरु अप्लोड भएको देख्दा दुःख लागेको छ । यी घटनाहरुले कतै सामाजिक कार्यकर्ताको आचार संहिताको विपरीत काम भइरहेको त छैन ? भन्ने प्रश्न उठ्न जान्छ ।
पहिलो कुरा त सामाजिक कार्य के हो ? भन्ने कुरा जान्न आवश्यक हुन्छ ।
“T0 help people to help themselves’अथवा आफुले आफुलाई सह¥योग गर्न सक्ने बनाउनु भन्ने मुल मन्त्रमा साथ यसको शुरुवात भएकोे हो । समान्यतया बुझ्दा यो एक सहयोगी पेशा हो । यसमा व्यक्ति,समुह र समुदायको समस्याको समाधान भई लापदायी हुन्छन ।समाजिक कार्यको उदेश्य व्यक्ति,समुह र समस्त समुदायलाई आफ्नो सामुदायिक भुमिका, जिम्मेवारी बहन गर्न सक्षम बनाउनु हो । सामाजिक कार्य प्रक्र्रियागत हिसाबले अगाडि बढ्छ । सामाजिक कार्यकर्ताले आफ्नो सेवाग्राहीलाई मनोसामाजिक परामर्श प्रदान गर्नुका साथै देश विकास गर्नमा बढी भुमिका रहन्छ ।
ऐतिहासिक विकासक्रम लाई हेदा, समाजिक कार्यको विकासक्रम पश्चिमी समुदायबाट पुर्वीय समुदाय तिर फैलिएको पाईन्छ । पश्चिममा USA / UK र पुर्वीय तिर नेपाल र भारत रहेको पाईन्छ । शुरुमा सामाजिक कार्यको उत्पतिबाट भएकाृे पाइन्छ । प्राचिनकालमा राजा भन्दा पनि बलिया बहादुरीहरु थिए । उनीहरु नै सर्व सर्वाह थिए र उनीहरु जनतालाई धार्मिक निर्देशन दिन्थे र दान दिन उत्प्रेरीत गथ्र्ये । यसमा ग्रिजाघर (church) को ठुलो भुमिका रहेको छ । मनिसहरु ग्रिजाघरलाई दान (charity) प्रदान गर्दथ्ये र त्यहि दान संकलन गरेर दुःखी गरिब र आवश्यकता परेका ब्यक्तिहरुका बाँडफाँड गरिन्थ्यो र त्यो दान दिनुको मुख्य उदेश्य आत्म शुद्विकरण (purification of soul) गर्नु हो भन्ने धार्मिक मान्यता थियो ।
एक हजार राहत दिएर सामाजिक सञ्जालमा फोटो पोष्ट गरि दुई हजार सेयर पुर्याउनुु समाजिक कार्यको सिद्वान्त विपरित हुन्छ ।
यसै गरि सामाजिक कार्यको बिकासको इतिहासका charity organization society (1869), settlement house movement (1867) , the Beveridge Report (1641) जस्ता आदी अयियान र अभियान्ताहरुको महत्वपूर्ण भुमिका रहेको छ । यसको बिकासक्रमलाई बिभिन्न ४ चरणमा वर्गीकरण गरी व्याख्या गरिन्छ। १, उपनिवेशको समय २, औधोगीक क्रान्ति ३, समाजिक कार्य पेशागत बिशेषता तिरको लम्काई ४,समाजिक कार्य पेशागत बिषय , सामाजिक कार्यका आफ्नै बिधि,सीप र सिद्वान्तहरु हुन्छन र यी सबै सामाजिक कार्यकर्ताले आत्मसात गदै काम गर्नु पर्छ । यदी कसैले आत्मसाथ गदैन भने त्यो सामाजिक कार्यकर्ता होइन ।
कुनै पनि व्यवसायलाई सजिलै संग चिनाउन र सरलतापुर्वक लक्ष्य हासिल गर्ने आचार संहिताको ठुलो भुमिका रहेको हुन्छ र त्यसको पालना गर्नु सबैको कर्तव्य पनि हो र यदी पालना नगरे उपचारात्मक व्यवस्था पनि गरिएको हुन्छ । त्यसै गरी सामाजिक कार्यकर्ताले सेवार्थीहरुलाई सेवा प्रदान गर्न सम्बन्धमा निश्चित मुल्य,मान्यता एवमं आचारसंहिताको सिमाभित्र रहेर सेवा प्रदान गर्नु पर्ने हुन्छ । यसै सन्दर्भमा सामाजिक कार्य राष्ट्रिय समितीले कुनै पनि व्यबसायिक सामाजिक कार्यकर्ताले तोकिएको निश्चित पालना गर्नुपर्ने हुन्छ । तब मात्र सामाजिक कार्यकर्ता आफ्नो लक्ष्यमा पुग्न सक्छन भनि उल्लेख गरेको छ । २००४ सालमा सामाजिक कार्य राष्ट्रिय समितीको साधारण सुझावको प्रतिनिधी द्वारा आचार संहिताको संसोधन २ भागमा बिभाजन गरियो :
१,नैतिक स्तर
२,नैतिक सिद्वान्त
त्यसमध्य नैतिक स्तरको कुरा गर्न चाहन्छु यहाँ नैतिक स्तर भन्नाले हरेक मानिसहरु फरक फरक क्षमताका हुने भएकाले हरेकको
– आत्मसम्मान लाइ उच्च मुल्य दिदै समस्या समाधानमा अघि बढ्ने भन्ने कुरालाई दर्शाउँदछ
र गोपनियताको सिद्वान्त अनुसार : सामाजिक कार्यकर्ताले आफ्नो व्यवसायिक र नैतिक कर्तव्यका आधारमा जे जस्ता सुचनाहरु प्राप्त
– हुन्छन त्यसलाई जहिले पनि गोप्यमा राख्नु पर्दछ । र व्यक्तिक सुचना लिने क्रममा निम्न कुरामा ध्यान दिनु पर्दछ ।
– सेवार्थी बाट उसलाई सेवा प्रदान गर्न आवश्यक पर्ने सुचना मात्र लिने ।
– संस्थालाई सुचना दिने जति सुचना सेवाकालागी आवश्यक हुन्छ त्यतिमात्र दिने ।
– अन्य संस्था,व्यक्तिहरु सित सेवार्थीका समस्याका बारेमा सुचना लिनु दिनु परेमा सेवार्थीको स्वकृति बिना लिनु दिनु ।
– अति आवश्यक सुचनाको मात्र अभिलेख राख्नुपर्दछ र त्यस्ता अभिलेखहरु संस्था वा सेवार्थीको अनुमति लिएर मात्र प्रयोग गर्नुपर्दछ ।
यी सबै मुल्य, मान्यता र सिद्धान्तहरुको आत्मसाथ गरेर सामाजिक सेवा गर्ने व्यक्ति एक असल सामाजिक कार्यकर्ता बन्न सक्छ, जसले यी मान्यताहरुको आत्मसात गदैनन ती सामाजिक कार्यकर्ता बन्न सक्दैन । सन्दर्भ हाल बजारमा चलिरहेको हल्ला राहत वितरण गर्दाको बखत लिईएका फोटो र भिडियोहरु सामाजिक सञ्जालमा जो देख्न र सुन्न पाइएको छ । यसले सेवाग्राहीहरुको सामाजिक, आर्थिक लगायत राजनैतिक हैसियतमाथि आचआउने खाले अप्लोड भइरहेका छन जो सामाजिक कार्य को पनि सिद्धान्तको आत्मसाथ गरिएको छैन । समाजमा सकरात्मक काम गर्न खोज्नेहरु भोलिका सामाजिक अभियान्ता, कार्यकर्ता पनि हुनसक्छन त्यसैले काम गर्दा कम्तिमा आफ्नो नैतिक आचार संहिताको पनि ख्याल राख्नु पर्ने देखिन्छ । सामाजिक कार्यका बिभिन्न सिद्वान्तहरु मध्य गोपनियताको सिद्धान्त पनि एक महत्वपूर्ण हो । यो अनिवार्य पालना गर्नु पर्छ । यो सिद्वान्त सामाजिक कार्यको क्षेत्रमा मात्र नभर्ई अन्य क्षेत्रमा पनि त्यत्तिकै महत्वपूर्ण छ । यसको व्यवस्था नेपालको संबिधानको धार २७ मा पनि व्यवस्था गरिएको छ कि कुनै पनि व्यक्तिको जीउ,आवास,सम्पत्ति, लिखत तथ्याङ्क पत्रचार र चरित्र सम्बन्धी बिषयको गोपनियता कानुन बमोजिम बाहेक अनतिक्रम्य हुनेछ । भन्ने व्यस्था उल्लेख छ । त्यसैले राहत लिनेको पनि आफ्नै सामाजिक हैसियत हुन्छ । राहत वितरण गर्दा अनावश्यक फोटो र भिडियो लिने र अनावश्यक रुपमा सामाजिक सञ्जालमा पोष्ट गर्नु सामाजिक कार्यको सिद्धान्त विपरीत कार्य देखिन्छ । यसमा हामी सबैको ध्यानाकर्षण हुन जरुरी छ ।
यी सिद्धान्त, मुल्य र मान्यतालाई आत्मसात गरेर काम गरियोस सरकारले नै राहत वितरणको फोटो र भिडियो गराएर सामाजिक सञ्जाल फेसबुक, युटूब जस्ता माध्यममा अपलोड गर्न मनाहीको लागी सुचना जारी गर्नु पर्ने अवस्था सिर्जना नगरौं सबैले यो सन्देशलाई सकरात्मक तरिकाले ग्रहण गरौं ।
(लेखक मध्यपश्चिमाञ्चल विश्व विद्यालयमा स्नातक कानुन र अन्तराष्ट्रिय सम्बन्ध विषयमा अध्यनरत बिद्यार्थी हुन् )