सोमवार, मंसिर १७, २०८१

बेहोसमा अस्पताल पुगेका नयाँ, घाउ पुरानो बनाएर खुसी हुँदै घर फर्किए

  
कर्णाली टाइम्स बिहीबार, बैशाख ४, २०७७

जगतदल जनाला विक
सुुर्खेत । कालिकोट जिल्ला पचालझरना गाउँपालिका –४ का नयाँ दमाई गत चैत २७ गते गाउँमा दाउरा लिन वन तिर जाँदा बाँदरले खसालेको ढुङ्गा टाउको र नाकमा लाग्दा उनी गम्भीर घाइते भए ।
उपचारका लागि उनका भाई र गाउँलेको सहयोगबाट नयाँलाई जिल्ला अस्पताल मान्मामा ल्याइयो । केस सिरयिस भएका कारण मान्ममा उपचार हुन सकेन । यहाँ उपचार गर्न नसकिने भएपछि जिल्ला अस्पताल मान्मले घाइते दमाईलाई सोहि दिन कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा रेफर गरिदियो ।
अवस्था झन् गम्भीर हुँदै गएपछि उनलाई सोही दिन राती प्रदेश अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरियो ।
राती इमरजेन्सीमा बेहोस बिरामी आएपछि आफु लगायत अप्रेसनमा संंगलग्न डाक्टरहरु नयाँकै उपचारको विषयमा मनमा नानाथरी कुराहरु खेली चिन्ता जागेकोे नयाँको अप्रेसनमा संग्लन प्रदेश अस्पताल कालागाउँका डाक्टर सन्तोष बस्नेत बताउँछन् ।
त्यो दिन नयाँलाई इमरजेनसीमा राखेर उपचार गरियो । दोस्रो दिनको साँझ ३ घण्टा लगाएर अप्रेशन सफल भयो । बेहोसमा भएका नयाँ दमाई होसमा आएपछि उपचारमा संलग्न डाक्टरहरु खुसी भए ।
नयाँको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि काउन्टरमा काटिएको बिलको पैसा तिर्न बाँकी रहेछ ।
उनको पारिवारिक स्थिति बारे अस्पताल र डाक्टरहरु पनि जानकार भएनन् ।
अब दाताको खोजी गर्ने की के गर्ने भन्ने विषयमा अस्पतालले तयारी गरिरहेका बेला नयाँलाई चिन्ने सुर्खेतमा कार्यरत पत्रकार विवशकुमार सेजुवालले सबै कुराको जानकारी दिएपछि सबैलाई उनको अवस्था बारे थाहा भयो ।
‘ढुङ्गाले चोट लागेपछि बेहोस भएको मलाई गाउँलेले कहाँ ल्याए कति दिन ल्याएर पु¥याए त्यो मलाई केहि थाहा थिएन,’ नयाँले भने, जब होस आयो अनि यो उपचारको पैसा कसरी तिर्ने होला भन्ने चिन्ता लाग्यो अनि पानी पनि पिउन मन लागेन ।’
उनले आफुलाई अप्रेसन गरि बचाउने डाक्टर र अस्पताल प्रशासनलाई धन्यवाद दिैंदै भने अब मेरो घाउ पनि पुरानो हुँदै गयो केहि महिनापछि नियमित काम गरि खान सक्ने भएको छु ।
आफुहरुको धन सम्पति र जमीन पनि नभएका कारण गाउँ कपडा सिलाएर गुजरा गर्ने गरेको नयाँ दमाईका भाई कालो दमाईले बताए । यदि प्रदेश अस्पतालले निशुल्क नगरेको दाजुको उपचारमा लागेको ऋाण तिर्न पनि भारतमा गई मजदुरी गर्नुपर्ने अवस्था रहेको बताए ।
यदि समयमा अस्पताल ल्याउन नसकेको भए उनको ज्यान जान सक्ने गाउँले पूर्ण बहादुर बमले बताए ।
त्यसपछि प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले अस्पतालको तर्फबाट लाग्ने अप्रेशन शुल्क, आइसियु शुल्क र भित्र उपलब्ध हुने औषधी निशुल्क गर्ने निर्णय भएको बताए ।
नयाँ जस्तै आर्थिक अवस्था कमजोर भएका सायौं नागरिकलाई प्रदेश अस्पतालको तर्फबाट निशुल्क सेवा गर्दै आएको डाक्टर खड्काले जानकारी दिए ।
विरामी नयाँ दमाइको निशुल्क उपचारको लागि कर्णाली प्रदेश अस्पतालको निर्देशक डाक्टर डम्वर खड्का, बालरोग विषशज्ञ डाक्टर नवराज केसी, नाक, कान, घाटि रोग विषशज्ञ डाक्टर सन्तोश बस्नेत पत्रकार विवशकुमार सेजुवाल लगायतकाले सहयोगीको भुमिका खेलेका थिए ।
उता पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले नयाँ दमाईको लागि छुट्टै राहतको व्यावस्था गरिने बताए । उनले उनलाई लिंदा लागेको बाटो खर्च र एम्बुलेन्सको खर्च समेत उपलब्ध गराउने बताए ।