सोमवार, बैशाख २४, २०८१

मध्यपश्चिमाञ्चल विश्व विद्यालय र अन्तर्रािष्ट्रय शैक्षिक संस्थाबिच सम्झौता

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख ५, २०७७

सुर्खेत । मध्यपश्चिमान्चल विश्वविद्यालय र अन्तरराष्ट्रिय स्तरमा ख्याती प्राप्त तथा अनलाइन शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेको शैक्षिक संस्था ओपन एजुकेसन रिसोर्स युनिभर्सिटी बीच एमओयु सम्पन्न भएको छ । विश्वविद्यालयका तर्फबाट श्रीमान उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र ओइआरयुको तर्फबाट वेनी म्याकिन्टस (पि.एच.डि.) बीच सम्झौता सम्पन्न भएको हो ।
ओइआरयु संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको युनेस्कोको एक महत्वपूर्ण परियोजना हो जसलाई ओइआर फाउन्डेसनले संचालन गरिरहेको छ । विश्वभरिका ४१ बिभिन्न प्रतिष्ठित विश्वविद्यालय तथा अन्तर्रा्ष्ट्रिय संस्था यसका पार्टनर छन् भने एसियामा १३ र नेपालमा, नेपाल खुला विश्वविद्यालय र मध्य(पश्चिमान्चल विश्वविद्यालय यसका साझेदार बनेका छन् ।
उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको निर्देशन अनुसार विश्वविद्यालयमा कार्यरत उप(प्राध्यापक पन्चदेव भट्टले फोकल पर्सनका रुपमा सहजीकरण गरेका हुन् ।
यो संगै विश्वविद्यालयले अर्को अग्रिणी संस्था टिविरिन्सनसंग सम्झौता गरेर अनलाइन शिक्षण प्रविधि भित्र्याईएको छ । जस अन्तर्गत ग्रेडस्कोप, फिडब्याक स्टुडियो र सिमचेक फर एडमिसन फिचरहरु रहेका छन् ।
उप(प्राध्यापक पञ्चदेव भट्टका अनुसार यी प्रणालीहरु मार्फत विद्यार्थी तथा प्राध्यापक दुवैले अहिलेको लकडाउनमा मात्रै नभई भविष्यमा अनलाईनका माध्यम वाट विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक सामग्री तथा अनुसन्धान सोधपत्र आम नागरिक, विद्यार्थी वा जोसुकैलाई संसार भरिमा उपलब्ध हुनेछ ।

केहि दिन भित्रै सम्बन्धित सबैलाई यो बारे तालिम प्रदान गरि संचालनमा ल्याईने उनले जानकारी दिए ।
सन् २०१० मा स्थापना भएको यो विश्वविद्यालयले अहिले कोभिड(१९ द्वारा सिर्जित लकडाउनमा यसको रोकथाम तथा न्यूनीकरणका लागी विभिन्न प्रयास गर्दै विभिन्न केन्द्रीय तथा आंगिक क्याम्पसमा अनलाईनका माध्यम बाट पठन(पाठन संचालन गरिरहेको छ भने जनचेतनाको लागि विभिन्न माध्यम वाट संदेशमुलक सामग्री समेत प्रशारण गरिरहेको छ ।