मंगलबार, माघ २९, २०८१

पञ्चपुरीलाई खमारी खोला लघु जलविद्युत आयोजनाले सहयोग गर्यो ३१ हजारको खाद्यान्न

  
कर्णाली टाइम्स आइतवार, बैशाख ७, २०७७

सुर्खेत ।  कोरोना भाइरसको महामारीका बेला नागरिकलाई गरिने राहत, उद्धारका लागि पञ्चपुरी नगरपालकाले स्थापना गरेको राहत कोषमा पञ्चपुरी नगरपालिका ६ स्थित खमारी खोला लघु जलविद्युत आयोजनाले ३१ हजार पाँच रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ । आइतबार नगरपालिकाका प्रमुख उपेन्द्र थापालाई लघु जलविद्युत आयोजनाका अध्यक्ष जीवन ढुंगानाले उक्त खाद्यान्न सामग्री हस्तान्त्रररण गरेका हुन् । वितरण गरिएका सामग्रीहरु मध्ये चामल २२ बोरा, प्रतिबोरा ११ सय ५० का दरले, तेल २२ पोका, प्रतिपोका ९० रुपैयाँका दरले, दाल २५ किलो, प्रतिकिलो एक सय २५ रुपैयाँका दरले, नुन २५ पोका, प्रतिपोका २४ रुपैयाँका दरले खरिद गरि नगरलाई उपलब्ध गराएको हो ।
यो अप्ठारो परिस्थितिमा नागरिकले तिरेको रकम नागरिकका लागि नै खर्च गर्ने निर्णय अनुसार नगरपालिकालाई उपलब्ध गराएको जलविद्युत आयोजनाका अध्यक्ष जीवन ढंगानाले बताए । आवश्यक परेपछि आयोजनाले थप सहयोग समेत गर्ने अध्यक्ष ढुंगानाको भनाई छ ।
उनले यो महामारीका बेला उपभोत्ताबाट विद्युतको रकममा जरिवाना समेत छुट गराइएको बताए । समाजसेवी तथा युवा नेतृत्व समेत रहेका ढुगानाले समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले यस्तो विपद्का बेला सबै क्षेत्रलाई सहयोग गर्न अनुरोध गरेका छन् ।