शुक्रबार, असार १, २०८१

पञ्चपुरी ४ र ६ मा राहत वितरण

  
कर्णाली टाइम्स शनिबार, बैशाख १३, २०७७

सुर्खेत । पञ्चपुरी नगरपालिका वडा नम्वर ४ र ६ का दुई सय घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । वडाभित्रका अतिविपन्न जो खाद्यान्नको संकट भोगिरहेकालाई वितरण गरिएको वडाअध्यक्ष खड्क थापाले बताए । ‘हामीले वडा नम्वर ६ का विपन्न एक सय घरधुरीलाई एक प्याक चामल, दुई किलो दाल, दुुई पोका तेल, एक प्याकेट नुन र एक प्याकेट साबुन दिएका छौं,’ वडा अध्यक्ष थापाले भने, ‘फेरि पनि विभिन्न संघ संस्था र व्यक्तिसँग समन्वय गरि समस्यामा परेका नागरिकलाई राहत वितरण गर्नेछौं ।’
शुक्रबार वडा नम्वर ४ का वडा अध्यक्ष प्रेम शाही र अन्य जनप्रतिनिधिहरुले वडाका एक सय घरधुरीलाई राहत वितरण गरेका छन् ।