शुक्रबार, असोज १८, २०८१

तरुणदल सुर्खेतद्वारा खाद्यान्न सहयोग

  
कर्णाली टाइम्स आइतवार, बैशाख १४, २०७७

सुर्खेत ।  नेपाल तरुण दल सुर्खेतले २५ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । आईतवार वीरेन्द्रनगर–६ शान्ति टोलका २५ परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । प्रति परिवार २५ किलोको एक प्याक चामल चामल, १ किलो दाल, एक लिटर तेल र १ पोका नुन वितरण गरिएको छ ।
कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्युनिकरण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण खाद्यान्न समस्या भोगेका मजदुर, विद्यार्थी, विभिन्न रोगबाट पिडित व्यक्तिहरुको पहिचान गरी खाद्यान्न सहयोग गरिएको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए ।
तरुण दलमा आवद्ध विभिन्न व्यक्तिको सहयोगमा खाद्यान्न वितरण गरिएको पनि उनले बताए । ‘लकडाउनका कारण बिहान–बेलुकाका छाक मजदुरी गरेर टार्ने परिवारलाई अहिले निकै समस्या परेको छ, यस्तो समस्या भोगिरहेको परिवारको पहिचान गरी हामीले खाद्यान्न सहयोग गरेको हौं ।’ विष्टले भने ।
उनले लकडाउनका कारण समस्यामा परेकोहरुलाई जतिसक्दो तरुण दल सुर्खेत र आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग भईरहेको विष्टले जानकारी दिए ।
खाद्यान्न तरुणदलका जिल्ला अध्यक्ष विष्टसहित जय खड्का, सम्राट गौतम, पवन श्रेष्ठ, मनोज दाहाल, जनक थापाले सहयोग गरेका थिए ।