शनिबार, कार्तिक १०, २०८१

स्वाब संकलनका लागि सुर्खेतबाट हेलिकप्टरमा डोल्पा पुग्यो स्वास्थ्यकर्मीको टोली

  
कर्णाली टाइम्स शनिबार, बैशाख २७, २०७७

सुर्खेत ।  ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी)मा एक जनामा कोरोना पोजेटिभ देखिएपछि सुर्खेतबाट स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली डोल्पा पुगेको छ ।
स्वाब संकलन गर्नका लागि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयबाट स्वास्थ्यकर्मीको टोली हेलिकोप्टरमा डोल्पा पुगेको हो । आरडीटी पोजेटिभ देखिएका व्यक्तिको सम्पर्कमा आएकाहरुको पनि स्वाब संकलन गरेर सुर्खेतमा पिसिआर टेष्ट गरिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल बहादुर रावलले बताए ।
आरडीटी परीक्षणमा शुक्रबार डोल्पामा एक जना ६२ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो। तर शुक्रबार राति नै दोस्रो पटक गरिएको आरडीटी परीक्षणमा भने उनको रिपोर्ट नेगेटिभ देखिएको थियो ।