बुधबार, बैशाख १९, २०८१

कर्णाली सरकारसँग कांग्रेस किन बन्यो क्रुद्ध ?

  
कर्णाली टाइम्स बुधबार, बैशाख ३१, २०७७
प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सोमबार प्रेस विज्ञप्तिमार्फत कर्णाली सरकारको चर्को आलोचना गरेका छन् । विश्वव्यापी महामारीको रोकथाम तथा नियन्त्रणको सन्दर्भमा कर्णाली सरकारले चालेको कदमप्रति उनी क्रुद्ध देखिएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका शाहीले कर्णाली सरकारले गाउँगाउँमा चिकित्सकसहित स्वास्थ्यकर्मी खटाउने सन्दर्भमा भेदभाग गरिएको आरोप लगाएका छन् । उनको भनाइ छ, ‘कुनै स्थानीय तहका क्वारेन्टाइनमा बसेका मान्छेको लागि विशेषज्ञसहितको चिकित्सक पु¥याइनु, कतै उपलव्धबाट स्वास्थ्य सेवा पु¥याइनु, जनता सबै ठाउँका एउटै होइनन् र ?’

कांग्रेसले कोरोना प्रतिकार्य गर्ने नाममा राज्य ढुकुटीको दुरुपयोग पनि गरेको आराेप लगाएकाे छ । अनुगमनको नाममा हेलिकोप्टरमा गाउँमा गएर अविरजात्रा गर्ने गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘महाविपत्तिमा पनि राजनीतिक रङ दिने र अविरजात्रा गर्ने कार्यको नेपाली कांग्रेस गंभीर खेद व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रायजसो समय सेनाको हेलिकोप्टर प्रयोग गर्ने सरकारले अहिले निजी हेलिकोप्टरसँग सम्झोता गरेर किन ल्याउनु प¥यो ?’ नेपाली सेनाको हेलिकोप्टरभन्दा निजी हेलिकोप्टर महँगो पनि पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता शाहीले सरकारका कामकारबाहीलाई केटाकेटीपनको संज्ञा पनि दिएका छन् । ‘स्वास्थ्य सामग्रीलाई सम्बन्धित स्थानमा पु¥याउनुको साटो सर्वसाधारण जनतामा सहजै कुनै अविरजात्रा तथा धार्मिक मेलाको आभाष मिल्ने खालका गतिविधिले कोरोना नियन्त्रण हुन्छ कि झन् फैलिन्छ ?’ नेता शाहीले विज्ञप्तिमार्फत भनेका छन्, ‘सरकारबाट हुँदै आएका यस्ता केटाकेटीपनलाई बेलैमा सुधार गर्न ध्यानाकर्षण गराउँदछु ।’