शनिबार, कार्तिक १०, २०८१

सुर्खेतमा लकडाउन थप कडाइ

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ १, २०७७

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपाल सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गर्ने नागरिक तथा सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

गत चैत ११ देखि वैशाख ३१ गतेसम्म लकडाउन उल्लङ्घन गर्ने दुई हजार २ सय ८२ नागरिक र ६ सय ५१ सवारी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये ४ सय २ सवारी साधन ट्राफिक कारवाही गरेर छाडिएको २ सय ४९ प्रहरी नियन्त्रणमै रहेको सो कार्यलयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए।

नियन्त्रणमा लिइएका सवारीमा ५ सय ४६ मोटरसाइकल, ८१ चारपाङ्ग्रे र २४ अटो रहेको सूचना अधिकारी रायमाझीले बताए। उनका अनुसार प्रहरीले नागरिकलाई कारवाहीस्वरुप तीन घण्टासम्म सडकमै उभ्याउने, चोकमा राखेर कोरोना भाइरस र त्यसको विश्वव्यापी प्रकोपबारे जानकारी दिलाउनेसहित आत्मअनुशासित नागरिक हुन सिकाएको थियो । आजबाट पनि लकडाउन कडाइ गरिने कार्यालयले जनाएको छ।