मंगलबार, जेष्ठ २९, २०८१

कर्णालीमा कोरोना संक्रमितको संख्या ७०८ पुग्यो

  
जगतदल जनाला विक बुधबार, जेष्ठ २८, २०७७

सुर्खेत । कर्णालीमा बुधबार थप ३७ जना नयाँ संक्रमित भेटिएका छन् । बुधबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ । मंलबारसम्म संक्रमितको संख्या ६७१ पुगेको थियो । बुधबार ३७ जना नयाँ संक्रमित भेटिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको हो । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । बुधबार मात्र सुर्खेतका ९ जना, दैलेखका २५ जना र जाजरकोटका ३ जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ३७ जनाकै पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जाँच गरिएको हो ।

बुधबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति ।