आइतवार, बैशाख २३, २०८१

नेपालको नयाँ नक्सा पारित गर्न संविधान संशोधन हुँदै

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ ३१, २०७७

काठमाण्डौ । प्रतिनिधि सभाको बैठक सुरू भएको छ। शनिबार सुरू भएको बैठकमा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरिएको छ।

सरकारले नेपालको वास्तविक भूभाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो।

सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ।
जेठ २७ गते संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो।
संविधान संशोधन प्रतिनिधि सभामा सांसदहरूले दफाबार छलफल गर्नेछन्। छलफलपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ।
संविधान संशोधनमाथि निर्णय गर्दा मत विभाजन हुनेछ। अर्थात् प्रतिनिधि सभामा सांसदहरूले संशोधनको पक्ष र विपक्षमा हस्ताक्षर गर्नुपर्नेछ।

विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ।