शुक्रबार, कार्तिक ९, २०८१

सुर्खेतमा झुन्डिएर आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि

  
जगतदल जनाला विक बुधबार, असार ३, २०७७

सुर्खेत । सुर्खेतमा झुण्डिएर आत्महत्या गरेर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–१ की ती मृत युवतीमा कोरोना पोजिटिभ देखिएको हो ।

उनी घरनजिकै असार १ गते झुण्डिएर मृत अवस्थामा भेटिएकी थिइन् ।
शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको र पोस्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार कोरोना संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए । याे संगै कर्णालीमा काेराेनाबाट मृत्यु हुुुनेकाे संंख्या ४ पुगेको छ ।