शनिबार, कार्तिक १०, २०८१

१ करोड लगानीमा राजु कलेक्सनको ब्रान्ड शोरुम सुरु

  
जगतदल जनाला विक बिहीबार, असार ४, २०७७

सुर्खेत । राजु कलेक्सनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहकार्यमा वीरेन्द्रनगरमा अत्याधुनिक फेन्सी शोरुम सुरु गरेको छ । करिब १ करोड लगानीमा सुरु गरिएको शोरुमको बिहीबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले रिबन काटेर उद्घाटन गरे ।

वीरेन्द्रनगरको नेताचोकमा सुरु गरिएको शोरुममा २४ कोठामा रहेको छ । पाँच वर्षभित्र दुई तलामा पूर्णफेजमा शोरुम सञ्चालना ल्याउने लक्ष्य राखिएको सञ्चालक राजु पाण्डेले बताए । उनका अनुसार यहाँ रहेका सबै ब्रान्डका सामानको नेपालभरि एउटै दररेट रहेको छ । कम्पनीहरुहरुसँगको समन्वयमा सुर्खेतमा भने हरेक सामानमा १० प्रतिशत छुट दिइएको छ । कूल लगानीकाे ५० प्रतिशत लगानी ब्रान्डहरुको रहेको उनको भनाइ छ । ‘नेपालभर जुनसुकै ठाउँमा पनि एउटै दर हुन्छ,’ उनले भने, ‘कर्णालीको सुर्खेतमा भने १० प्रतिशत डिस्काउन्ट दिने व्यवस्था मिलाएका छौं ।’

शोरुम उद्घाटन कार्यक्रममा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, महासचिव लक्ष्मण कँडेल, कोषाध्यक्ष भद्र भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, प्रदेश कमिटी सदस्य गोविन्द केसी, जिल्ला अध्यक्ष गणेशकन्चन भारती, सचिव सुदीप पुरी, वीरेन्द्रनगर–६ का वडा सदस्य उपेन्द्र खड्का, युवा व्यवसायी जुनी खड्कासहितको सहभागिता रहेको थियो ।