बुधबार, बैशाख १९, २०८१

स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि गाउँ नै त्रसित

  
कर्णाली टाइम्स शुक्रबार, असार ५, २०७७

सुर्खेत । चौकुने गाउँपालिका–१ का एक जना स्वास्थ्कर्मीलाई कोरोना पोजेटिभ देखिएपछि चौकुने १ र २ का स्थानीय त्रसित बनेको छ । भारतबाट आएका नागरिकको उपचारमा संलग्न ती स्वास्थ्यकर्मीको लगाम बजारमा मेडिकल समेत छ । केहि समय अघि ती स्वास्थ्यकर्मीलाई आरटीडी नेगेटिभ देखिएको थियो । बिहीबार सुर्खेतमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनको पीसीआर रिपोर्ट आउनु अघिल्लो ती स्वास्थ्यकर्मीले बिरामीलाई प्रत्यक्ष उपचार गरिरहेका थिए । दिनसम्म ‘लगाममा प्राय मेडिकल बन्द रहेका कारण उहाँको किल्निकमा हामी दिनहुँ जाने गथ्यौं त्यसैले हामीलाई डर लागेको छ,’ एक जना स्थानीयले भने, स्वास्थकर्मीको सम्पर्कमा आएका हामी सबैको पीसीआर परीक्षण गर्न आवश्यक छ ।’
ती स्वास्थ्यकर्मीलाई गाउँपालिकाले बनाएको गुटुको आइसुलेसनमा राखिएको छ । यो सँगै साबिको लगाममा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ ।