बुधबार, बैशाख १९, २०८१

कर्णालीमा थप ९ जनामा काेराेना पुष्टि,संक्रमितकाे संख्या १२३३

कुन जिल्लामा कति संक्रमित

  
जगतदल जनाला विक शुक्रबार, असार ५, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । शुक्रबार सुर्खेतका ६ जना, दैलेखका २ जना र जाजरकोटका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए ।
हालसम्म जम्मा पुष्टि भएको संख्या एक हजार दुई सय ३३ पुगेको छ । नयाँ संक्रमण पुष्टि हुने सुर्खेत भेरीगंगा नगरपालिकाका ६ जना रहेकाछन् ।

यस्तै दैलेखको भैरवी गाउँपालिकाका २ जना र जाजरकोट छेडागाडका १ जनामा काेराेना पुष्टि भएकाे हाे । सबै संक्रमितकाे पीसीआर परीक्षण प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी राेग अन्वेषण प्रयाेगशालामा गरिएको हाे ।

कुन जिल्लामा कति जना संक्रमित ?

हालसम्मको जम्मा १२३३ मध्ये जिल्लागत संख्या दैलेख ७२४ जना, सुर्खेत २७७ जना, सल्यान १३७ जना, कालिकोट ४२ जना, जुम्ला २४ जना, जाजरकोट ९ जना, मुगु २ जना, हुम्ला १ जना, डोल्पा १ जना र अन्य प्रदेशका १६ जना रहेको छ । रुकुम पश्चिममा भने अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।