शनिबार, कार्तिक १०, २०८१

कर्णालीका थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२८२ पुग्यो

  
जगतदल जनाला विक सोमवार, असार ८, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा सोमबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परिक्षणमा सुर्खेत भेरीगंगा नगरपालिकाका ११ जना, वीरेन्द्रनगर नगरपालिकाका ५ जना र बराहताल गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ । दैलेख नारायण नगरपालिकाका ३ जना, सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ४ जना र हुम्ला ताजाकोटका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए । सोमबारसम्म कर्णालीमा संक्रमितको संख्या १२८२ जना पुगेको छ । सोमबारसम्म कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ५ सय ५१ पुगेको छ । कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ४ रहेको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।

कुन जिल्लामा कति जना संक्रमित ?

हालसम्मको जम्मा १२८२ जना मध्ये जिल्लागत संख्या दैलेखमा ७१४ जना, सुर्खेतमा २९७ जना, सल्यानमा १७३ जना, कालिकोटमा ४२ जना, जुम्ला २४ जना, जाजरकोट १० जना, मुगु २ जना, हुम्ला २ जना, डोल्पा १ जना, रुकुमपश्चिममा १ जना र अन्य प्रदेशका १६ जना रहेको छ ।

सोमबार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्धारा जारी विज्ञप्ति ।