शुक्रबार, बैशाख २१, २०८१

पहिरोले अवरुद्ध भएको १३ घण्टामैं बाबियाचौरमा बल्यो बत्ती

  
जगतदल जनाला विक सोमवार, असार १५, २०७७

सुर्खेत । आइतबार राति आएको अविरल वर्षातका कारण पहिरोले अवरुद्ध गरेको पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बावियाचौर स्थित खमारी खोला लघु जलविद्युत १३ घण्टामैं सुचारु भएको छ । आइतबार राति पहिरोले आयोजनाको पावर हाउसमा क्षति पुर्याइ एक जना अपरेटर घाइते र उनकी श्रीमतीको मृत्यु समेत भएको थियो ।
‘यो अप्ठारो र दुखद् अवस्थामा पनि हामीले बत्ती अवरुद्ध भएको १३ घण्टामैं बत्ती बाल्न ससफल भयौं,’ खमारी खोला लघु जल विद्युत आयोजनाका अध्यक्ष ढुंगानाले भने, अवको करिब एक दुई दिन अपरेटर भवनको व्यवस्था नहुँदासम्म रातीमा केहि घण्टा विद्युत अवरुद्ध हुन्छ र त्यसपछि फेरि नियमितरुपमा २४ सै घण्टा बत्ती उपलब्ध हुनेछ ।’
अध्यक्ष ढुंगानाले आम उपभोक्ताको हितका लागि संस्थालाई मार्गनिर्देश गरेको बताउँदै यो अवस्थामा पनि जनताको सेवा गर्दा गर्दै पहिरोमा पुरिएर मृत्यु भएकी अपरेटर डम्मर पुलामीकी श्रीमतीपलाई हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरे ।
५३ किलोवाट विद्युत उत्पादन भइरहेको यो आयोजनाबाट पञ्चपुरी नगरपालिका वडा नम्बर ४, ५ र ६ तथा सालकोट प्राथमिक स्वास्थ्यकेन्द्र सहितका करिब एकहजार दुई सय घरपरिवार लाभान्वित भएका छन् ।

यो पनि पढ्नुहोस:

खमारी खोला लघु जलविद्युत गृहमा पहिरोले पुरिएर एक जनाको मृत्यु