शनिबार, कार्तिक १०, २०८१

सिँचाइ कार्यालयका प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा

  
कर्णाली टाइम्स बुधबार, असार १७, २०७७

सुर्खेत । जिल्ला खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई अख्तियार दुरुपयोग अनसुन्धान आयोगको कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ ।

भगवतीमाई गाउँपालिका–३, सानटडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपश्चात् भुक्तानीमा सहजीकरण गरिदिने भनी घूस रकम माग गरेको भन्ने सूचनाका आधारमा सुर्खेतबाट गएको अख्तियारको टोलीले उनीहरूलाई घूस रकमसहित नियन्त्रणमा लिएको हो ।

घूस रकमसहित खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख मल्ल र सब–इन्जिनियर वीरेन्द्र चन्द, सब–इन्जजिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई आयोगको कार्यालयले घूससहित नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले मल्लको आवासबाट २ लाख ४१ हजार १६ रुपैयाँ नगद नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।