आइतवार, बैशाख २३, २०८१

ओस्टेओेमाईटिस रोगबाट पिडीत चन्द्र राजीद्धारा आर्थिक सहयोगको अपिल

  
कर्णाली टाइम्स शनिबार, असार २०, २०७७

सुर्खेत । पञ्चपुरी नगरपालिकाका १५ वर्षीय बालकको आर्थिक अभावका कारण खुट्टाको उपचारमा समस्या भएको छ । अस्पतालको सबै खर्च प्रदेश अस्पतालले नै ब्यहोर्ने सहमती भएपनि बाहिरी औषधी उपचारमा २ लाख भन्दा बढी खर्च लाग्ने देखिएपछि चन्द्र राजीले आर्थिक सहयोगको अपिल गरेका छन् ।
राजीलाई ओस्टेओेमाईटिस अर्थात हड्डी पाक्ने रोगले संक्रमण गरेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा करिब २ हप्तादेखि दुबै खुट्टा पाकेको अवस्थामा आइसीयुमा उपचार भैरहेको बिरामीका दाजु पदम बहादुर राजीले बताए ।

एक हप्ताअघि वीरेन्द्रनगको देउती अस्पतालमा सामान्य उपचार गराएपनि आर्थिक अभावका कारण कर्णाली प्रदेश अस्पतालमा लगिएको पदमले जानकारी दिए । दुबै खुट्टा पुर्ण रुपमा हड्डी देखिने गरी कुहिएकाले उपचारमा समेत धेरै आर्थिक रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा सेप्सीस सेकेन्डरी टु एक्टिव ओस्टओेमाईटिस (हड्डी पाक्ने) रोगको उपचारका लागि भर्ना गरिएको सात दिन भएको छ । उनको उपचारमा डाक्टरहरु नियमित रुपमा लागि रहेको हाडजोर्नी विशषज्ञ डाक्टर रुपक कँंँडेलले बताए ।

कुहिएको खुट्टाको पोष्टम्याटम पछि सबै भन्दा जटिल अवस्थाको रोग भएको डाक्टर कंडेलले जानकारी दिए । यो रोग लागी सकेपछि पहिला हड्डी पाक्ने र रगतबाट अन्यभागहरु मृटु, फोक्सो, मृगौलामा सर्ने र ड्यामेज समेत गर्ने भएको समेत डा कँडेलको भनाई छ ।

डाक्टर कडेलका अनुसार यो रोगको उपचार सम्भव भएको तर यदी हड्डीमा पिपनै जमेको छ वा हड्डी नै नष्ट भएको छभने त्यसको बारेमा पोष्टम्याटम गरेर शल्याक्रिया गर्नुपर्ने बताए ।

यसैगरी राजीको उपचारको लागि आइसोलेसन वार्ड तथा खानाको व्यवस्था अस्पताल आफैले गरेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

साना अप्रेसनहरु दुई वटा गरिसकेको र यसको औषधीहरु महङ्गो पर्ने र पुरै उपचार गर्न अस्पतालले धान्न नसक्ने भएकोले चाडैँ आर्थिकको व्यवस्था भएमा आइसोलेसनमा राखेर उपचार गर्न दुई महिनासम्म समय लाग्ने अस्पतालले जनाएको छ ।

यता राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले बिरामीको उपचारको लागी आर्थिक रकम संकलनका लागि सबैसंग अपिल गरेका छन् । समाज सुर्खेतले आर्थिक संकलनका लागि अभियान शुरु गरेको र सहयोगी मन व्यापारी, संघसस्था र विभिन्न निकायहरुले तथा व्यक्तीगत रुपमा सहयोग गर्न सकिने जनाएको छ ।

सहयोगका लागी सँस्थाको खाता राष्ट्रिय बाणिज्य बैक सुर्खेत को चल्ती खाता नम्बर ८४६६ रहेको राजी शाल्म समाज सुर्खेत शाखाले जनाएको छ । आर्थिक अवस्था नाजुक भएका राजीलाई थप उपचारका लागि धेरै समस्या भएको छ ।
आर्थिक अभावका कारण खुट्टाको उपचारमा समस्या भएको थाहा पाएपछि पीडित राजीलाई समाजसेवी मुकुन्दश्याम गिरीले शनिबार १० हजार रुपैयाँ सहयोग गरेका छन् ।