शनिबार, कार्तिक १०, २०८१

कर्णालीमा थप १४ जना कोरोना संक्रमित थपिए, एक हजार दुई सय ७५ डिस्चार्ज भए

  
जगतदल जनाला विक मंगलबार, असार २३, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार थप १४ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या एक हजार पाँच सय ३० पुगेको छ । मंलबार सुर्खेतका १२ जना र सल्यानका २ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेतका ८ जना र सल्यानका २ जनाको प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएको हो । यस्तै सुर्खेतका ३ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा जुम्लामा, सुर्खेतकै १ जनालाईदैलेख अस्पतालमा पीसीआर परीक्षणमा गरिएको थियो । एक हजार पाँच सय ३० संक्रमित मध्ये, एक हजार दुई सय ७५ जना कोरोना मुक्त भई घर फर्किएका छन् । बाँकी दुई सय ४८ जना संक्रमितहरु प्रदेशका विभिन्न अस्पताल, तथा स्थानीय तहले तयार गरेका आइसोलेसनमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ ।

यस्तो छ जिल्लागत संक्रमितको संख्या
अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ४९ जना रहेका छन् । एक हजार तीन सय ५८ जना पुरुष र १४० जना महिलामा संक्रमण पुष्टि भएको छ ।
कर्णालीका मात्र हालसम्मको जम्मा १५३० जना मध्ये जिल्लागत संख्या दैलेखमा ७८१ जना, सुर्खेतमा ३८४ जना, सल्यानमा २०० जना, कालिकोटमा ५० जना, जुम्लामा ३२ जना, जाजरकोटमा १६ जना, मुगुमा ३ जना, हुम्लामा २ जना, डोल्पामा ३ जना र रुकुमपश्चिममा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।