शनिबार, कार्तिक १०, २०८१

राज्यमन्त्री रावतको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरियो

  
कर्णाली टाइम्स सोमवार, असार २९, २०७७

 


सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको छ ।
आइतबार राज्यमन्त्रीलाई चेकजाँचका क्रममा मुटुमा दाग देखिएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइएको थियो ।
आइतबार मुटुको एन्जीओप्लास्टी (शल्यक्रिया) गरिएको उनका स्वकीय सचिव तपेन्द्र विसीले जानकारी दिए।

उनका अनुसार राज्यमन्त्री रावतको स्वास्थ्यावस्था सुधार भएपछि आज (सोमवार) डिस्चार्ज गरी निवासमा पठाइएको हो ।
एक हप्तापछि पुनः चेकका लागि राज्यमन्त्रीलाई बोलाइएको छ ।
केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राज्यमन्त्री रावतको शल्यक्रिया गरेको थियो ।