आइतवार, बैशाख २३, २०८१

मास्क नलगाउने ९४६ जनालाई कारवाही

  
जगतदल जनाला विक आइतवार, साउन ४, २०७७

सुर्खेत ।  कोरोना माहामारीका कारण विभिन्न सार्वजनिक स्थान र सडकमा मास्क नलगाउने ९४६ जना नागरिकहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले कारवाही गरेको छ ।

असार २४ गतेदेखि साउन ३ गतेसम्म तीन सय २२ जना महिला र पुरुष ६ सय २४ जना पुरुषलाई प्रतिव्यक्ति १०० रुपैयाँका दरले २४ हजार जरिवाना तिराइएको हो ।

लकडाउन अवधिभर आठ सय ६ वटा मोटर साइकल, ३४ वटा स्कुटर, २२ वटा जीप, भ्यान, १६ वटा ट्याक्टर, १७२ वटा अटो र १३ वटा ट्रकहरु लकडाउन उल्लङ्घनको कार्बाहीमा परेका छन् । जसबाट ६ लाख ६२ हजार राजश्व संकलन भएको छ ।