आइतवार, बैशाख २३, २०८१

पूजा गर्न गएकी वृद्धाको मृत्यु

  
जगतदल जनाला विक सोमवार, साउन ५, २०७७

सुर्खेत । मन्दिरमा पूजा गर्न गएकी एक वृद्धा महिलाको सोमबार दिउँसो मृत्यु भएको छ । साउने सोमबारको पूर्जा गर्न गएकी बराहताल गाउँपालिका–५, भट्टेघारीका ६० वर्षीय लक्ष्मी शाहीको मृत्यु भएको हो ।

पूजाका लागि लाइनमा बसेकी उनको एक्कासी बेहोस भएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार उक्त स्थानमा  साउने सोमबारको पूजा गर्न धेरै मान्छेको भीडभाड रहेकाे छ।