शनिबार, कार्तिक १०, २०८१

सुर्खेतमा वृक्षारोपण गरेर वीपी कोइरालाको स्मृति दिवस मनाइयो

  
कर्णाली टाइम्स मंगलबार, साउन ६, २०७७

सुर्खेत । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको स्मृति दिवस आज मनाइँदैछ । साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् ।

साथै कांग्रेसका संस्थापक नेता कोइरालाको स्मृतिमा सुर्खेत वीरेन्द्रनगरस्थित सुगारीका फार्ममा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका पूर्व कोषाध्यक्ष गोविन्द कोइराला, नेपाल दलित संघका केन्द्रीय कमिटीका सल्लाहकार सदस्य धर्मराज विक, निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा कर्णाली संयोजक सुशिल केसी, पत्रकार गोविन्द केसीलगायतको सहभागिता थियो ।
उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सुर्खेतका पूर्वकोषाध्यक्ष गोविन्द कोइरालाले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालले देखाएको सिद्धान्त र मार्गदर्शनको अवलम्बन गर्दै कांग्रेसलाई अगाडि बढाउनु पर्ने बताए ।