बुधबार, बैशाख १९, २०८१

कर्णालीका थप ६ जनामा कोरोना पुष्टि, ४ जिल्ला संक्रमणमुक्त

  
कर्णाली टाइम्स सोमवार, साउन १९, २०७७

सुर्खेत। कर्णाली प्रदेशमा सोमबार ६ थप जनामा कोरोना संक्रमण भएको छ । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्नेषण प्रयोगशालामा परीक्षण गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका–४ र ८ का एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेख अस्पतालमा पीसीआर प्रयोगशालामा परीक्षण गर्दा नारायण नगरपालिका – १ र २ का एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा परीक्षण गर्दा मुसिकोट नगरपालिका –१ र ६ का एकएक जनामा पनि संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए ।

योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या एक हजार नौ सय ४५ जना पुगेको छ । त्यस्तै आज विभिन्न जिल्लाका आइसोलेसन सेन्टरबाट ६ जना डिस्चार्ज भएका छन् ।

कर्णालीमा डिस्चार्ज हुनेको संख्या एक हजार सात सय २८ जना पुगेको डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

४ जिल्ला कोरोना संक्रमणमुक्त

कर्णालीका ४ जिल्लाका कोरोनाको कोरोनामुक्त भएका छन् । कर्णालीका रूकुमपश्चिम, हुम्ला, डोल्पा र जुम्ला कोरोनामुक्त जिल्ला भएका हुन् ।

रुकुमपश्चिम २६ जना, हुम्ला ५ जना, डोल्पा ४ जना र जुम्ला ४० जनामा कोरोना संक्रमण देखिएका पनि हाल डिस्चार्ज भएर कोरोनामुक्त भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाले जनाएको छ ।

हाल कर्णालीका छ जिल्लामा कोरोना सक्रिय संक्रमित बिरामी रहेको डा. तिवारीले बताए ।

महाशाखा प्रमुख डा. तिवारीका अनुसार सुर्खेत ३५ जना, दैलेखमा १२४ जना, जाजरकोटमा १२ जना, सल्यानमा ९ जना, कालिकोटमा १२ जना र मुगुमा १ जना गरेर १९३ जना अहिले प्रदेशका बिभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा रहेका छन्।

    सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।