मंगलबार, बैशाख १८, २०८१

खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

  
कर्णाली टाइम्स आइतवार, साउन ३२, २०७७

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका–७, माल्कोट उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

शनिबार बेलुका खोला तर्ने क्रममा एकै परिवारका चार जनालाई बाढीले बगाउँदा मृत्यु भएको हो ।

अछामको रामारोसन गाउँपालिकाबाट कालिकोटको नरहरिनाथ गाउँपालिका–७, माल्कोट माइती आएकी ३३ वर्षीया देवा बोहोरा, उनकी १४ वर्षीया छोरी बिपना बोहोरा, ७ वर्षीय छोरा हेमन्त बोहोरा र १ वर्षीय छोरी आकृति बोहोराको दुदुली खोलाले बगाउँदा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।