सुर्खेत। बुधबार सुर्खेतका १७ जनासहित कर्णालीका ९५ जनामा कोरोना संक्तमणको पुष्टी भएको छ ।
प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार ३७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण अनुसार ५८ जना नयाँ व्यक्तिमा कोरोना पुष्टी भएको हो ।
जसमा सुर्खेतका १७, जुम्लाका ३९, दैलेख ५, जाजरकोट २, कालिकोट २२, बाँके ४, बर्दिया १, बजांग १, कैलाली २, दांग १ र दार्चुलाका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना जितेपछि हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार १ सय २५ पुगेको छ ।
हालसम्म कर्णालीमा कुल कोरोना संक्रमितको संख्या २ हजार ५ सय ५१ पुगेको छ । संक्रमण पुष्टी भएका मध्ये ६ जनाको मृत्यु भईसकेको छ ।
कर्णालीका विभिन्न आइसोलेसनमा रहेका सक्रिय कोरोना बिरामीको संख्या ३ सय ३५ रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णालीमा हालसम्म ६० हजार १ सय ९२ जनाको पीसीआर परीक्षण गरिएको छ ।