शनिबार, कार्तिक १०, २०८१

कर्णालीमा आइतबार ५१ कोरोना संक्रमित थपिए

  
कर्णाली टाइम्स आइतवार, भदौ २१, २०७७

सुर्खेत । आइतबार कर्णालीमा ५१ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा ४२ जना, दैलेखमा १ जना, रुकुमपश्चिममा १ जना, जाजरकोटका २ जना र जुम्लाका ५ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णालीका हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ हजार ६३९ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

आइतबार कोरोना संक्रमण निको भएर कर्णालीका विभिन्न आइसोलेसन र अस्पतालबाट २६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २३०७ पुगेको हो ।

कर्णालीमा कोरोना संक्रिय संक्रमित बिरामीको संख्या २६६ रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।