शुक्रबार, बैशाख २१, २०८१

कर्णाली प्रदेश समाज जापान ओकिनावामा संगठन विस्तार

  
कर्णाली टाइम्स बुधबार, भदौ २४, २०७७

सुर्खेत । जापान स्थित ओकीनावा शहरमा बस्ने कर्णाली प्रदेशका युवाहरुले कर्णाली प्रदेश समाज जापान ओकीनावा नामक संगठन विस्तार गरेका छन् ।

प्रदेशको सान, प्रवासी भुमीमा हाम्रो अभियान भन्ने मुल नाराका साथ संगठन विस्तार गरिएको हो ।

पछिल्लो समयमा जापानका विभिन्न सहरहरुमा संगठन विस्तार गर्ने योजना बनाएका कर्णालीका युवाहरुले सबैभन्दा पहिला ओकीनावाबाट सुरुवात गरेका हुन् । संगठनले जापानभित्र मात्र नभएर नेपालमा आउने हरेक समस्याहरुलाई पनि सहयोग गर्ने युवा रमेश न्यौपानेले बताए ।

कर्णाली प्रदेश समाज जापान ओकीनावाको अध्यक्षमा भिम न्यौपाने, सचिवमा हरि बहादुर शाही, कोषाध्यक्षमा नवराज पुन मगरसर्वसम्मत चयन भएका छन् ।

सोमबार कालिकोट घर भई हाल ओकीनावा जापानमा बस्दै आएका भिम न्यौपानेको अधक्ष्यतामा संगठन विस्तार गरिएको हो।

कर्णाली प्रदेशका १० वटै जिल्लाबाट जापानमा गएका युवाहरुले आफ्नो विचार राख्दै धेरैजसो नागरिकले जापान आएपछि दुःख पाउने गरेकोले त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले संगठन विस्तार गरिको संगठनका प्रवक्ता केवि टमट्टाले जानकारी दिए ।