शनिबार, फागुन १९, २०८०

चट्याङ लागेर दुइ जनाको मृत्यू

  
कर्णाली टाइम्स बिहीबार, भदौ २५, २०७७

सुर्खेत । पश्चिम सुर्खेतको बराहाताल गाउँपालिकामा चट्याङ लागेर दुइ जनाको मृत्यू भएको छ भने तीन जना घाइते भएका छन् । बराहताल गाउँपालिका-१, सुगुरखालमा रहेको सुरजबहादुर ओलीको घरमा गएराती चट्याङ पर्दा दुइ जनाको मृत्यु भएको हो ।

मृ्त्यु हुनेमा सुरजका ४ वर्षीया छोरी रोशनी र उनका भाइका ११ वर्षीय छोरा विनोदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा सुरजका १० वर्षीया छोरी गंगा, १२ वर्षीया छोरी अमृता र ७ वर्षीय छोरा जय छन् । उनीहरूलाई शरीरको भित्री भाग, खुट्टामा चोट लागेको छ ।