सोमवार, जेष्ठ १४, २०८१

सुर्खेतमा लामो दुरीको यात्राका लागि अग्रिम टिकट बुकिङ्ग

  
कर्णाली टाइम्स बुधबार, भदौ ३१, २०७७

सुर्खेत । लामो दुरीका सवारी सञ्चालन गर्ने सरकारले निर्णय गरेसँगै सुर्खेत बसपार्कमा यात्रुहरु अग्रिम टिकक बुकिङ्ग गर्न थालेका छन् ।

लामो समयदेखि बन्द रहेको लामो दुरीको सवारी आजबाट खुल्ने भएपछि यात्रुहरु बसपार्कमा गएर टिकट बुकिङ्ग गर्न थालेका हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट अन्य प्रदेश तथा कर्णालीका पहाडी र हिमाली जिल्लाहरुमा जाने यात्रुहरुले टिकट बुकिङ्ग गर्न थालेको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले जानकारी दिए ।

सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालनमा आउने भएपछि यातायात व्यवसायीहरुले आफुलाई राहत हुने अपेक्षा राखेका छन् ।

ऋाज विश्वकर्मा पूजा भएकाले आंशिक रुपमा सवारी सञ्चालनमा आउने देउती नागरिक यातायात प्रा.लि.का अध्यक्ष कमल खड्काले बताए ।

उनले केही दिनमा पूर्ण रुपमा सवारी सञ्चालनमा आउने जनाए । सरकारले तोकेको मापदण्ड अनुसार नै स्वास्थ्यका सबै मापदण्ड सवारीमा अपनाइने खड्काको भनाई छ ।