शुक्रबार, बैशाख २१, २०८१

कर्णालीको टेलिमेडिसिन प्राथामित्तामा

  
कर्णाली टाइम्स सोमवार, असोज ५, २०७७

सुर्खेत । २६ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदद्धारा आयोति उक्त सम्मेलनले २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत जारी गरेको छ ।

तीन दिनसम्म सञ्चालित सम्मेलनमा नेपालको स्वास्थ्य अस्था माथी व्यापक छलफल गरिएको सम्मेलनमा सहभागी नेपालका प्रतिनिधि डा. नवराज केसीले जानकारी दिए ।

कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ समेत रहेका डा. केसीले सम्मेलामा कर्णालीको स्वास्थ्य अवस्था र टेलिमेडिसिन सेवा बारे आफनो प्रस्तुती राखेका थिए ।

‘डा. नवराजको प्रस्तुती साँचीकै मन छुने थियो,’ सम्मेलनमा सहभागी एक डाक्टरले भने,‘उहाँको प्रस्तुती पश्चात कर्णालीको स्वास्थ्य अवस्था बारे पनि व्यापक छलफल गरेका थियौं । हाम्रो घोषणा पत्रमा पनि कर्णालीको टेलिमेडिसिन सेवा प्राथामित्तामा परेको छ ।’

सम्मेलनले तयार गरेको घोषणा पत्रमा डाक्टर, नर्स, फिजिसियन लगायत विश्वभरी छरिएर रहेका स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने उल्लेख गरिएको छ । साथै स्वास्थ्यकर्मीको भूमिका र आपसी समझदारी लगायत विषय पनि घोषणा पत्रले समेटेको छ ।

विश्वभरी छरिएर रहेका नेपाली स्वास्थ्यकर्मीहरुको नजरमा कर्णालीको टेलिमेडिसिन सेवा पर्नु सौभाग्य भएको डा. केसी बताउँछन ।
कर्णालीमा टेलिमेडिसिन सेवा सञ्चालनका सुत्राधार समेत रहेका डा. केसीले भने, ‘टेलिमेडिसिन सेवा कर्णालीका लागी बर्दान सरह हो । यसबाट दुर दराजका बिरामीलाई विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्न सकिन्छ ।’

कार्यक्रमको समापन सत्रमा डा. दिनेश ज्ञवाली, डा चन्द चटउत ( सिकागो), डा भूपेश खड्का, डा.कुश श्रेष्ठ (अस्ट्रेलिया), डा. बोधाराज सुवेदी (पोल्याण्ड), डा. सुरज थापा (नर्वे), डा. नवराज केसी (नेपाल), डा.ड्रोना रसाइली र डा. सरोज निरौला (क्यानडा), डा. पुरु श्रेष्ठ लगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।