बुधबार, बैशाख १९, २०८१

सुन चाँदी व्यवसायी महासंघ कर्णालीको सभापतिमा जनक सुनार

  
कर्णाली टाइम्स सोमवार, असोज ५, २०७७

सुर्खेत । नेपाल सुन चाँदी व्यवसायी महासंघ कर्णाली प्रदेश सभापतिमा सुर्खेतका जनक सुनार चयन भएका छन् ।

सोमबार प्रदेशका पुर्व संयोजक रामजी शाहको अध्यक्षतामा बसेको अनलाइन बैठकबाट सुनारसहित १३ जनाको कार्यसमिति चयन भएको हो ।

समितिको उपसभापति सल्यानका घनश्याम नेपाली र दैलेखका युवराज सुनार, सचिवमा सुखेर््तका चित्र सुनार, सहसचिवमा सल्यानका दलविर सुनार, कोषाध्यक्षमा सुखेर््तका भक्तबहादुर सुनार र सहकोषाध्यक्षमा दैलेखका टेकबहादुर सुनार चयन भएका छन् ।

यस्तै समितिको (जिल्ला तथा नगर) सदस्यमा राम बहादुर विक, दैलेख, रेशम सेन्चुरी, सुर्खेत, सदस्य विषयतमा नोखिराम सुनार, सल्यान, भुपेन्द्र सुनार, सुर्खेत चयन भएका छन् । यस्तै समितिकै सदस्य(एसोसियट) मा तिर्थ सुनार, सुर्खेत र बखते सुनार, सुर्खेत चयन भएका छन् ।

बैठकले १३ सदस्यीय कार्य समिति तथा २ जना केन्द्रीय सदस्य समेत सर्वसम्मत चयन गरेको अध्यक्ष जनक सुनारले जानकारी दिए ।

नव निर्वाचित अध्यक्ष सुनारले बैंकहरुले सुन सुर्खेतमै उपलब्ध गराउनुपर्र्नेे धारण राख्दै परम्परागत सीपलाई आधुनिकीरण गराउन सरकारले विभिन्न तालीम र प्रशिक्षको व्यवस्था गर्नुपर्ने बताए ।